राजापुरको बिर्यानी सेन्टरमा प्रहरीको छापा
लागु औषध सहित अन्सारी प्रहरीको नियन्त्रणमा
शक्ति परियार । राजापुर
बर्दियाको राजापुरमा लागु औषध सहित १ व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार गर्ने गरेको शंकाको आधारमा खान तलासी गर्दा राजापुर स्थित बिर्यानी एण्ड कफि शपका सञ्चालक अलिम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
अन्सारीको शपबाट प्रहरीले नाइट्राभेट १० ट्याबलेट ५७० , स्पासमो ट्याबलेट २६४ र अलपराजोपाम ४२० ट्याबलेट लागू औषध बिक्रि बितरण गर्ने गरेको शंकाको आधारमा अन्सारीलाई पक्राउ गरिएको हो। त्यस्तै शपबाट १ थान भिभो मोबाइल,नगद नेपाली ३ हजार ७ सय ७० र भारतीय २ सय २० रुपैयाँ समेत बरामद गरीएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।
यस्तै गत भाद्र १० गते बेलुका करिब ६ बजे राजापुर नगरपालिका वडा नं १ झबहीका २३ वर्षिय विवेक चौधरी लाई १ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका थिए । चौधरी संग रहेको नगद र १२ हजार ७ सय ५५ रुपैयाँ र मोबाइल १ थान समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।घटना बारे थप अनुसन्धान भइरहेको समेत ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।


Jabo atti pakrera k hunxa aubhanda kati kati thulo bepar vaeraxa teu samatnu xaen jabo ati sano kura lae til ko pahad banaune putrakar
ReplyDelete