राजापुरमा घरको छतबाट खसेर गाडी चालकको मृत्यु

 

शक्ति परियार । राजापुर

बर्दियाको राजापुरमा घरको छ्त बाट खसेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाकेको खजुरा गाउँपालिका ३ सहारा टोलका  २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित एक होटेलको छतबाट शनिबार राती अचानक खसेको र घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताउनु भयो । मृतकको लास पोस्टमाटमका लागि प्राथमिक स्वास्थ केन्द्र राजापुरमा राखिएको  ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

Comments