राजापुरमा घरको छतबाट खसेर गाडी चालकको मृत्यु
शक्ति परियार । राजापुर बर्दियाको राजापुरमा घरको छ्त बाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाकेको खजुरा गाउँपालिका ३ सहारा टोलका २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित एक होटेलको छतबाट शनिबार राती अचानक खसेको र घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले बताउनु भयो । मृतकको लास पोस्टमाटमका लागि प्राथमिक स्वास्थ केन्द्र राजापुरमा राखिएको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।