मनै रुवाउने आमाको कथा दूध चुसाउँदै आमाले संसार छोडिन्
जनता समाचार
रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाले ३२ महिनाकाे छोरालाई बसको सिटमा दूध चुसाउदै मृत्युवरण गरेको एउटा हृदय विदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि धर्माकुमारी नाबालक छोराको साथ बसमा यात्रा गरिरहेकि थिइन । उनी मुटुको बिरामी समेत थिइन । स्थानिय मेडिकलमा सामान्य उपचार गराउँदा सञ्चो नमानेपछि श्रीमानको सल्लाहले नेपालगन्ज जाँदै गर्दा उनको बाटोमा दुःखद निधन भएको हाे ।
श्रीमती धर्माकुमारी बसमा चढेपछि दलबहादुर निरन्तर फाेनमा सम्पर्क गरिरहेका थिए। बाटो बाटोमा निरन्तर फाेन गरेको र आफू सामान्य अवस्थामा छु भनेर जानकारी गराएकि श्रीमतीकाे अचानक मृत्यु भएको खबरले श्रीमान दल बहादुर यतिबेला निकै विछिप्त छन् ।बर्दियाको हर्ले लेक नजिकै यात्रामै धर्मकुमारी चिरनिद्रामा परेर संसार छाडेको यात्रुहरु बताउँछन । धर्माकुमारीकाे माइत डडेलधुरा हाे ।उनको मृत्युको खबरले रुकुम पश्चिम आठविसकाेट नगरपालिका र उनको माइत यतिबेला शाेकमग्न अवस्थामा छ ।
Comments
Post a Comment