अहिले भर्खरै करेन्ट लागेर गेरुवामा बालकको ज्यान गयो
जनता समाचार
घरमा कोही नभएको बेला करेन्ट लागेर बर्दियाको गेरुवा गाउँपालिकाका ६ वर्षिय बालकको ज्यान गएको छ । घरबाट खेल्न भनी निस्केका गेरुवा गाउँपालिका वडा न २ पाताभार बस्ने अनिल थारु का ६ वर्षिय छोरा दिपेन चौधरीको ज्यान गएको हो । घर नजिकै विद्युत तार टूटेर नालीमा खसेको अवस्थामा करेन्ट लागेको मृतकका ठूलो बुवा मानबहादुर थारुले बताए । करेन्ट लागे पश्चात उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा ल्याउँदै गर्दा मृत्यु भईसकेको डा.ऋषिराज शर्माले बताउनु भयो । मृतक चौधरीका बुवा अनिल थारु रोजगारको शिलसिलामा भारत गएका छन् भने आमा माछा मार्न गएको समयमा घटना भएको हो ।


Comments
Post a Comment