राजापुरमा ट्राफिक नियम सम्बन्धी ३ दिने कार्यक्रम संचालन


शक्ति परियार। राजापुर

बर्दियाको राजापुरमा ट्राफिक नियम सम्बन्धि ३ दिने सचेतना मूलक कार्यक्रम सुरु भएको छ । स्थानीय स्काउट समितिका संयोजक भाग रथ चौलागाईं को अध्यक्षतामा राजापुरले सुरु गरेको कार्यक्रमलाई राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मीले सम्बोधन गर्दै सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको अज्ञानता भएको भन्नु भयो । यो कार्यक्रमले राजापुरको बाटो भएर पुर्वपश्चिम जाने सवारी साधन र यात्रुले ट्राफिक नियम सम्बन्धी ज्ञान पाउने उहाँको भनाई थियो । त्यस्तै अस्थायी ट्राफिक पोष्ट राजापुरका ट्राफिक प्रहरी सुनिल चौधरीले ट्राफिक नियम र सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी दिनु भयो । कार्यक्रममा बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्ट, स्काउट सदस्य विश्वास भट्ट, वीर बहादुर थारु, शिक्षक पद्म ऋषि चौलागाई, समाजसेवी, समाजसेवी बुद्धिजीवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ट्राफिक नियम सम्बन्धि सचेतना मूलक नारा लेखिएका पर्चा पम्पलेट वितरण गरिनुका साथै छाडा गाई गोरुका सिङमा सवारी साधनहरुमा, चम्किलो स्टिकर टाँस गरी सवारी दुघर्टना न्यूनीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउट समितिको सहयोग रहेको कार्यक्रमको स्थानीय स्काउट समिति राजापुर नगरपालिकाले आयोजना गरेको थियो । कार्यक्रम राजापुर नगरपालिका वडा नं. ६ टपरा र वडा नं. १० मंगलपुर चोकमा गरिने स्काउट सदस्य विश्वास भट्टले जानकारी दिनु  भयो ।

Comments