जनकेन्द्रित विकासको अवधारणाले योजना निर्माणमा सहयोग पुग्ने


जनता समाचार । राजापुर

जनकेन्द्रित विकासको अवधारणाले योजना निर्माणमा सहयोग पुग्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।सहकर्मी समाज सुर्खेत र नेपाल सामुदायिक सशक्तिकरणका लागि स्थानीय सुशासन सवलीकरण  परियोजनाको सहकार्यमा राजापुर नगरपालिकाले आयोजना गरेको एक गोष्ठीका सहभागीले यस्तो बताएका हुन् । 

स्थानीय स्तरबाट हुने विकासलाई जनकेन्द्रित गरी जिविको पार्जन र आत्म निर्भरमा अगाडि बढाउने गोष्ठीको उद्देश्य थियो । राजापुर नगरपालिका भित्र गरिने विकास निर्माणका काममा स्थानीयको आवश्यकतालाई समेट्दै विकासका योजना बनाएमा सबैको अपनत्व हुने सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर ऐरले बताउनु भयो ।

Comments