होसियार! बर्दियामा लागु औषध कारोबार बढ्दै

केशव कोइराला
पछिल्लो समय बर्दियामा लागु औषध को कारोबार बढ्दै गएको पाइएको छ । जिल्लामा एक पछि अर्को लागु औषधका घटनाहरू बढ्दै गएका हुन् । सोमबार ३० पुडिया बनाएर राखेको ब्राउन सुगर सहित गुलरिया–२ का अकलेश यादव कारोबारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गुलरिया–५ सहिद गेट नजिकैबाट यादवलाई २७ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
Comments
Post a Comment