डा. बाबुराम पत्नि हिसिलालाई मन्त्री चाहिएपछि जसपामा विवाद सुरु !
जनता समाचार
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा०मा मन्त्री बनाउने विषयमा विवाद भएको छ । मुख्यगरी संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो समूहबाट पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्य एक जनालाई मन्त्री बनाउन दबाब दिएपछि विवाद भएको हो ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन सरकारमा पहिल्यै दलहरूबीच सांसद नभएका व्यक्तिलाई पहिलो चरणमा मन्त्री नबनाउने सैद्धान्तिक सहमति बनेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम सिफारिस गर्दा सांसदलाई मात्र सिफारिस गर्न र सांसद नभएकालाई अन्य नियुक्तिमा मिलाउन भनिसकेका छन् ।
- दैनिक न्युज नेपाल
Comments
Post a Comment