लागु औषध मुद्दामा पत्रकारलाई प्रहरिले नै फसाएको महासंघ रौतहटको आरोप
जनता समाचार । रौतहट
लागू औषध नाइट्रोभेट सहित पक्राउ परेका रौतहटका सन्चारकर्मी मह्मद मोज्बुल्लाहलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग राखेको छ। पत्रकार मोज्बुल्लाहलाई प्रहरिकै उच्च अधिकारीको निर्देशनमा सादा पोशाकका घुमुवाहरुले फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले तत्काल रिहाई तथा दोषी लाई कार्यवाहिको माग गरेको हो। केही घुमुवा तथा अन्य ब्यक्तिहरुले पत्रकार मोज्बुल्लाहले प्रयोग गर्ने मोटरसाइकलमा लागू औषध नाइट्रोभेट राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछी पत्रकार मोजबुल्लाह निर्दोस प्रमाणित भएको महासंघले दावी गरेको छ।सार्वजनिक भएको भिडियो फुटेजमा गौरमा रहेको गृन सिग्नल होटेल अगाडि सडक पेटिमा खडा गरि राखिएको मोटरसाइकलमा केही ब्यक्तीहरुले सामान झुन्डाइरहेको देखिएको छ।भिडियो फुटेजमा सादा पोशाकका केही घुमुवाहरु उदय यादव र मनोज साहको पहिचान खुलेको हो ।उनिहरु सङ्गै रहेका अन्य घुमुवा प्रहरिहरुको पहिचान हुन भने सकेको छैन। बेलुका करिब ७ बजेको समयमा ती सादा पोशाकका घुमुवा प्रहरिहरु सङ्गै दुई जना युवकहरु नाटकिय शैलिमा केही सामानहरु पत्रकार मोजबुल्लहको गाडिमा झुन्डाइरहेको देखिन्छ। सेतो हेल्मेट लगाई स्प्लेन्डर प्लस मोटरसाइकलमा आएका ती दुई जना युवाहरुले सामान झुन्डाउनु भन्दा अगाडि र झुन्डाइ सकेपछी त्यही रहेका घुमुवा सङ्ग कुरा गरिरहेको देखिएको छ। पत्रकार मोज्बुल्लाहलाई सो होटलका सन्चालकले नै खानपिन गर्न बोलाएको समेत बताइएको छ। पत्रकार मोजबुल्लाहलाई साउन ३२ गतेका दिन बेलुकि करिब ८ बजे प्रहरिले लागू औषध नाइट्रोभेट सहित अदालत अगाडीबाट पक्राउ गरेको थियो।उनी पक्राउ परे सङ्गै स्थानियले पत्रकारलाई फसाएको भन्दै आएको थियो।भिडियो फुटेज सार्वजनिक भएपछी घटनामा प्रहरिको भुमिका प्रश्ट भएको छ।भिडियो सार्वजनिक भएपछी प्रहरिले भिडियोमा देखिएको भनिएको धिरज यादव र जितेश यादवलाई प्रहरिले पक्राउ गरेको छ।धिरजलाई शुक्रवार बेलुका गौर बाट पक्राउ गरिएको हो भने जितेश यादवलाई शनिवार बिहानै उनको सर्लाही स्थित घरबाट पक्राउ गरिएको हो।यता नेपाल पत्रकार महासंघ रौतहट शाखाले पक्राउ परेका पत्रकार मोज्बुल्लाह निर्दोष रहेको दावी गर्दै तत्काल रिहा नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले घटनाबाट नेपाल प्रहरिको साखमा गम्भीर धक्का पुगेको भन्दै प्रहरिको व्यवसायिकतालाई जोगाउन घटनालाइ गम्भिरतापुर्वक लिन आग्रह गरेका हुन।उनले भिडियो बाट घटना स्पस्ट भएको बताउदै अब अनुसन्धानको नाउमा जालझेल गर्न नहुने बताएका छन्।
Comments
Post a Comment