राजापुर ७ नम्बरमा स्वास्थ्य सामाग्री वितरण

 


जनता समाचार । राजापुर

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाले  राजापुर नगरपालिका वडा नम्वर ७ मा अपांगता परिवार, एकल महिला, अनाथ बालबालिका परिवार एवंम अति विपन्न परिवारहरुलाई खाद्य तथा स्वास्थ  सामाग्री वितरण गरेको छ ।  राजापुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मथुरा प्रसाद थारुको रोहवरमा सो सामाग्री वितरण गरिएको हो ।

वितरण कार्यक्रममा संस्थाका परियोजना संयोजक निर्मल चौधरीले परियोजनाद्धारा संचालन भई रहेको गतिविधी एवंम् खाद्य सामाग्री तथा स्वास्थ्य तथा सरसफाई सामाग्रीको परिमाण एवंम लागत मूल्य सहित प्रष्ट पार्नु भएका थियो । खाद्य सामाग्री स्पेयर स्टेण्डर मापदण्ड अनुसार १२ दिनको लागि पुग्ने गरि  ५५ घर परिवारलाई खाद्य सामाग्री, ५५ घर परिवारलाई स्वच्छता सामाग्री तथा १५ घर परिवारलाई एलआईसीईडी परियोजनाबाट अति विपन्नलाई बर्षाको बेलामा घरको छाना चुहिने परिवारहरलाई इमरजन्सी सेल्टरको रुपमा त्रिपाल सहयोग गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो । त्यहाका साढे २ लाख मूल्य बरावरको सामाग्री वितरण गरिएको छ ।



कार्यक्रमका प्रमुख अतिथी एवंम वडा नम्वर ७ का वडा अध्यक्ष मथुरा प्रसाद थारुले सहयोगले वडामा भएका अति विपन्न परिवारहरुलाई निकै ठूलो राहत पुगेको बताउदै अझै पनि धेरै घर परिवारहरुलाई यस्ता सहयोगको खाचो रहेको कुरा औल्याउनु भयो । साथै सहयोगी संस्था राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र सहयोगी संस्थाहरुलाई थारुले धन्यवाद दिनु भएको छ ।

Comments