विद्यार्थी तथा महिला समन्वय समितिमा राजापुरका तिमिल्सेना
जनता समाचार
तरुण विभागको निर्णय अनुसार विद्यार्थी तथा महिला समन्वय समितिको सदस्यमा बर्दिया राजापुरका युवा नेता सुभाष तिमिल्सेनालाई मनोनयन गरिएको छ । पछिल्लो समयमा राजनीतिक क्षेत्रमा आफ्नो कुशल लगनशीलता देखाएका तिमिल्सिनालाई नेपाली कांग्रेस केन्द्रिय तरुण विभागको निर्णय अनुसार सो समितिको सदस्यमा मनोनयन गरिएको हो ।
शनिबार नेपाली कांग्रेस केन्द्रिय सदस्य,पूर्वमन्त्री एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले सो समितिमा तिमिल्सेनालाई मनोनयन गर्नु भएको हो । राजापुर स्थित नेपाली कांग्रेस कार्यकर्ताहरुले सो समितिमा मनोनयन भएको प्रति तिमिल्सेनालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
Comments
Post a Comment