राजापुरमा शिक्षकहरुले राजनीतिक दबाव सहनु परेको गुनासाे
शक्ति परियार।राजापुर
शिक्षक छनौट तथा सरुवा जस्ता कार्यका लागि राजनीतिक दबाब सहनु परेको एक कार्यक्रममा सहभागी शिक्षकहरुले गुनासाे गरेका छन् ।शनिबार बर्दियाको राजापुर नगरपालिका वडा नं २ नयाँगाउँमा आयोजना गरिएको राजापुर नगरपालिका र गेरूवा गाउँपालिकाका एकिकृत अखिल नेपाल शिक्षक संगठनका संयुक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आफ्ना मागहरु राखेका हुन्।
आयोगबाट नाम निकाल्नु भन्दा सरुवा भै जानु आउनु परेमा राजनीतिक हस्तक्षेपका कारण पार्टीको टिकट लिनु पर्ने वाध्यता रहेको सहभागीले बताए। शिक्षकहरुले निजामती कर्मचारी सरह सरकारबाट पाउनु पर्ने तलब भत्ता आफूहरुले नपाएको बताए । चुनावी समयमा शिक्षकहरूलाई प्रयोग गरी विभिन्न आश्वासन दिने नेताहरुले आफू जितेर गई सक्दा सबैलाई भुल्ने गरेको दुखेसो पोखे ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन राजापुर का अध्यक्ष दिनेश दहितको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य मान बहादुर थारु प्रमुख अतिथि रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिहरुमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य विश्वराज थारु,प्रदेश सभा सदस्य दिपेश थारु,जिल्ला सचिवालय सदस्य तथा राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी, उप प्रमुख मनकाला कुमारी चौधरी,जिल्ला सचिवालय सदस्य सुरेश भूल, दसीराम थारु,जिल्ला सचिवालय सदस्य तथा नगर कमिटी अध्यक्ष चिन्तामणि आचार्य, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य पूर्णचन्द्र पोख्रेल,प्रदेश सदस्य तथा उमावि विभाग केन्द्रिय टेकराज शर्मा,राजापुर ५ नं वडा अध्यक्ष रामबहादुर थारु, गेरूवा गाउँपालिका १ नं वडा अध्यक्ष दयाराम वैध लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले आउँदा दिनहरुमा शिक्षकहरुका मागहरु सम्बोधन गरिने बताएका छन्।



Comments
Post a Comment