राजापुरमा अत्याधुनिक ल्याब विस्तार

ऋषि वाग्ले (गोपाल)

बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक ल्याव विस्तार गरिएको छ । डिजिटल एक्सरे तथा विभिन्न रोगको खुन जाँच गर्नका लागी मोडर्न ल्यावको थप सेवा  बिस्तार गरिएको हो। यस्तै केन्द्रमा शव व्यवस्थापनका लागि मोरचुरी चेम्बर समेत थप गरिएको छ।

जिल्लाकै विकट क्षेत्रको रूपमा रहेको गेरुवा गाउँपालिका र राजापुर नगरपालिका स्थितका सेवा ग्राहिले यी सेवा लिनका लागि अन्यत्र  जानु पर्ने बाध्यता थियो । मंगलबार केन्द्रमा एक कार्यक्रमका बिच यी सेवाहरु विस्तार गरिएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनुभयो ।  

झण्डै १ लाख भन्दा धेरै जनसंख्या रहेको यस क्षेत्रमा केन्द्रले एक्सरे लगायत अत्याधुनिक  स्वास्थ्य सुविधा थप गरेपछि सेवाग्राही हर्षित भएका छन् । 

Comments

Post a Comment