Posts

Showing posts from 2022

क्यान बर्दियाको गेरुवामा अन्तरक्रिया सम्पन्न

Image
शक्ति परियार पौष ३, गेरुवा/कम्प्युटर एसोसिएसन (क्यान) बर्दियाको पदस्थापन तथा अन्तरक्रिया कार्यक्रम आइतबार गेरुवाको ओखरिया इन्टेकमा सम्पन्न भएको छ । क्यानका जिल्ला अध्यक्ष सुर्य केसीको अध्यक्षतामा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो । पदस्थापना कार्यक्रममा बोल्दै अध्यक्ष केसीले २ बर्षको अवधीमा २ दर्जन बढी संचार बिधेयक पारित गर्नुका साथै प्रहरीसङ्गको सहकार्यमा जिल्ला भरीका माध्यमिक बिद्यालयहरुमा सामाजिक संजालको प्रयोग साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा गेरुवा गाउँ पालिकाका अध्यक्ष जमान सिंह केसी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा पालिकाका उपाध्यक्ष लक्ष्मी थारु रहनु भएको थियो ।  त्यस्तै अतिथिहरुमा गेरुवा गाउँ पालिका १ नं वडा अध्यक्ष कर्म प्रसाद चौधरी,५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरी,६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी, क्यान बाँकेका अध्यक्ष शिशिर नारायण श्रेष्ठ,उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

बर्दियामा राजापुर महोत्सवको तयारी हुँदै

Image
जनता समाचार  राजापुर/समृद्धि बर्दियाको प्रमुख आधार, कृषि पर्यटन व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ बर्दियाको राजापुरमा "राजापुर महोत्सव २०७९" को आयोजना हुने भएको छ। कृषि व्यापार प्रबर्दनका लागि महोत्सवको आयोजना हुने भएको एक समारोहका बीच बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापाले जानकारी गराए । राजापुर क्षेत्रमा कृषि,व्यापार,पर्यटन,सांस्कृतिक मौलिकतालाई प्रवर्दन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिई सो क्षेत्रमा पर्यटक भित्राई बर्दिया राजापुर क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ राजापुरमा मिति २०७९ पौष २८ गतेदेखि माघ ८ गतेसम्म माघी पर्वकोे अवसर पारेर महोत्सव आयोजना हुने भएको छ ।

बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वार लालबिर चौधरी विजयी

Image
जनता समाचार बर्दिया, मंसीर ७ गते बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वार लालबिर चौधरी बिजयि हुनु भएको छ । स्वतन्त्रबाट चपाकल(नल्का) चुनाव चिन्हका उम्मेद्वार चौधरी नेकपा माओबादी केन्द्रका उम्मेद्वार सुरेश पन्तसंग १ सय ३५ मतको अन्तरमा बिजय हुनु भएको  हो ।  बर्दिया क्षेत्र नम्बर २ मा खसेको ९२ हजार ४ सय १९ मत खसेकोमा लालविर चौधरीले ..(२६५२०मत पा्रप्त गर्नु भएको छ । उहाँको निकतम प्रतिद्धन्दी नेकपा (माओबादी केन्द्र)का सुरेश पन्तले २६३८४ मत प्राप्त गर्नु भएको थियो ।  लालबिर चौधरी डिल्ली बजार कारागारमा जेल जिवन विताई रहेका रेशमलाल चौधरीको बुवा हुनुहुन्छ । यस क्षेत्रमा   नागरिक उन्मुक्ती पार्टीबाट रेशम लाल चौधरीको उम्मेद्वारि परेको थियो । उम्मेद्वारी खारेज हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उहाँकै बुवा लाइ  स्वतन्त्र नामाकंन नाम दर्ता गराईएको थियो ।  रेशम चौधरीको उम्मेद्वारी खारेज भएपछि नागरिक उन्मुक्तीले स्वतन्त्र उम्मेद्वार चौधरीको लागि नल्काको लागि समर्थन जुटाउन भरपुर प्रयास गरेको थियो ।

बर्दियामा माओवादी केन्द्रद्वारा ३ उम्मेदवार सिफारिस

Image
  जनता समाचार  बर्दिया — आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि बर्दियामा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । लुम्बिनी प्रदेशका आन्तरिक तथा सञ्चार मन्त्री तिलक शर्मा, बारबर्दिया नगरपालिकाका पूर्वमेयर दुर्गाबहादुर थारु र उपमेयर अन्जु दहितको नाम सिफारिस भएको माओवादी केन्द्रका पार्टी सचिव लक्ष्मीप्रसाद शर्माले बताए । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले एक जनाको नाम बहुमतबाट सिफारिस गरेको छ । सिफारिस परेका समाजसेवी र कोरानाकालमा सबैभन्दा बढी स्वास्थ्य सामग्री नि:शुल्क रूपमा सहयोग गरेका सुरेश पन्थ रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २(ख) मा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ चिन्तामणि आचार्य सिफारिस भएका छन् ।  माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितिले सोमबारको बैठकले पन्थको नाम सर्वसम्मतिबाट निर्णय गरेको पार्टी सचिव शर्माले जनाए ।

राजापुरमा बर्दियाकै कान्छो रेडियो स्थापना हुँदै

Image
शक्ति परियार राजापुर २४,भदौ/स्थापित रेडियोहरु धमाधम बन्द भइरहेका बेला बर्दियाको राजापुर स्थित जिल्लाकै कान्छो रेडियो स्थापना हुने भएको छ । राजापुरमा रहेको साथी एफएमका प्रबन्ध निर्देशक केशव कोइरालाले आफ्नै नेतृत्वमा रेडियो बर्दिया एफएम स्थापना गर्न लागेका हुन् । पूर्व कार्यरत संस्था रेडियो साथी एफएमसंग विभिन्न समयमा विवादित बन्दै गएका कोइरालाले अबको केही दिनमै परिक्षण प्रशारण प्रारम्भ हुने जनता समाचारलाई बताए ।   उनले भने — ‘रेडियोबाटै समाज रुपान्तरणमा अझै धेरै गर्न सकिन्छ भन्ने मेरो विश्वास र आम नागरिकको पक्षमा बोल्ने हुटहुटीले करीब ३ महिना पछि फेरि रेडियोसंग जोड्यो ।’ उनले भने — ‘वर्तमानमा स्थापित रेडियोहरु धमाधम बन्द भइरहेका बेला नयाँ रेडियो स्थापना गर्नु कम चुनौतिपूर्ण छैन । त्यो चुनौतिलाई आम नागरिकको साथ लिएर परास्त गर्ने आँट, भरोसा र जाँगरका साथ मेरो नेतृत्वमा जिल्लाकै कान्छो रेडियोको रुपमा बर्दिया एफएमको राजापुर नगरपालिका वडा नं. ४ मा स्टेशन कार्यालय स्थापना गरी परीक्षण प्रसारण सुरु हुँदैछ ।’ विभिन्न समयमा आफुमाथी हुनेगरेका विवाद तथा आरोप सहनु परेको बताउँदै कोईरालाले भने...

कानुन विषय पढ्न चाहने विद्यार्थीलाई राजापुरमा शुल्क न लाग्ने

Image
शक्ति परियार  राजापुर १७,भदौ ।  कानुन विषय पढ्न चाहने विद्यार्थीहरुलाई बर्दियाको राजापुरमा शुल्क न लाग्ने भएको छ । बर्दियाको राजापुर नगरपालिका तथा गेरूवा गाउँ पालिकाका विद्यार्थीहरुलाई राजापुर ९ नं वडा गोडीयानामा रहेको नेपाल राष्ट्रिय माध्यामीक विद्यालयले २ बर्से कानुन विषय पढ्न चाहने कक्षा ११ का विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराउने भएको प्रधानाध्यापक शिव प्रसाद कोइरालाले बताए।  शिक्षा विषय अन्तरगत मेजर नेपाली, मेजर अंग्रेजी ,अर्थशास्त्र बिषय र वाणिज्य संकायतर्फ लेखा ,अर्थशास्त्र लगाएतका बिषयहरु बढिमा ५० देखि ६० जना मात्र एउटा कक्षा कोठामा राखेर बिद्यार्थी केन्द्रित बिधिमा  अनुभवि शिक्षकहरुबाट अध्यापन गराइने प्रधानाध्यापक कोइरालाले बताए । विद्यार्थीलाई अावश्यकता अनुसार  प्रयाेगात्मक  तथा परियाेजना कार्य गराएर आइसिटी समेत उपयाेग गर्दै  शिक्षण सिकाई गरिने भएको उनले बताए ।  त्यस्तै ग्रेड बृद्धिकाे परिक्षा दिएका बिद्यार्थीहरुले पनि भाद्र १९ गतेदेखि नै कक्षामा सहभागि हुन पाउने विद्यालयले जनाएको छ।

राजापुरमा मेयर दिपेश थारुको अर्को डोज

Image
राजापुर नगरपालिका भित्र उल्लिखित बाटाे छेउका घर पसलमा डोजर चल्ने पक्का भयो   शक्ति परियार  राजापुर, १७ भदौ/बर्दियाको राजापुर नगरपालिकाका नव निर्वाचित मेयर दिपेश थारु राजेशले राजापुर मूल बजारमा डोजर चलाउने भएका छन् । पालिकाले गत २०७८ साल साउन १४ गते घरटहराहरु हटाउने विषयमा प्रथम पटक ३५ दिने सूचना प्रकाशित गरेको थियो । सूचनामा राजापुर मूल भन्सार चोक देखि प्रविण मेडिकल हल सम्मको सडक क्षेत्रमा सडक कालोपत्रे र ढल निकासको काम साथ साथै गर्नु पर्ने भएकाले रिङ्गरोड सडकको मापदण्ड अनुसार सडक केन्द्रबाट दुवै तर्फ १५/१५ मिटर भएता पनि, हाल सडक केन्द्रबाट दुवैतर्फ ३०/३० फिट खानेपानी तथा अन्य प्रायोजनका लागि १/१ फिट छाडी त्यस भित्र सडक तथा ढल निकासको कार्य चालु आर्थिक वर्ष देखि नै सुरु गरिने बताइएको थियो ।  तत्कालिन राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले घरटहराहरु हटाउने सूचना पटक पटक प्रकाशित गरेपनि निर्माणको कार्य भने अहिले सम्म भईसकेको थिएन । वर्तमान मेयर दिपेश थारु राजेशले राजापुर क्षेत्रमा गर्नै पर्ने अतिआवश्यक कार्य तुरुन्त थालनी गर्ने बताएका छन् । राजापुर भन्सार चोक देखि प्रवि...

राजापुरमा स्वास्थ्यकर्मी आन्दोलन सफल हुँदैन - नगर प्रमुख थारु

Image
शक्ति परियार  भदौ १३ , राजापुर / बर्दियाको राजापुर नगरपालिका स्थित ३ साता देखि जारी स्वास्थ्यकर्मी आन्दोलन कुनै हालतमा सफल न हुने राजापुर नगर प्रमुख दिपेश थारु राजेशले बताएका छन् । राजापुर नगरपालिकामा नव निर्वाचित नगर प्रमुख दिपेश थारु राजेशले वस्ती वस्तीमा पालिकाबाट प्रदान हुने सेवा विस्तार गर्न एकाएक कर्मचारी सरुवाको घोषणा गरेपछि राजापुर स्वास्थ्य शाखाले आन्दोलन सुरु गरेको हो । पालिकाले कर्मचारी सरुवाको घोषणा गरे पश्चात अन्य कर्मचारीहरुले गत भदौ ९ गते देखि खटाइएको कार्य शाखामा हाजिर दिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख थारुले आफूखुशी कर्मचारी सरुवा गरेको भन्दै आफुहरुले आन्दोलन थालेको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्याले बताए । स्वास्थ्य कर्मी सरुवाको कारण नभई पूर्वाग्रही विभेदपूर्ण नियम पद्धति कार्यविधिको उलंघन गरी दादागिरी पूर्ण रवैया को कारण ,समग्र नगर पालिकालाई सिस्टम पद्धति नियम कानुन सुशासन कायम राख्न यो आन्दोलन थालिएको अर्यालको भनाइ छ। नगर प्रमुख थारुले निर्वाचित भई पद भार ग्रहण गरे पश्चात शिक्षकहरुले पार्टी वा राजनीति गर भन्दै ७ दिने अल्टिमेटम दिएका थिए । यो आन्दोल...

राजापुरमा स्वास्थ्यकर्मीको दादागिरी , आफुखुशी काम गर्न पाउनुपर्ने जिकिर

Image
जनता समाचार केही साता यता बर्दियाको राजापुर नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरु आन्दोलित बन्दै गएका छन् । राजापुर नगरपालिकाले वस्ती वस्तीमा स्वास्थ्य सेवा विस्तारका लागि पालिका भित्र रहेका स्थाई तथा करार कर्मचारीहरुलाई सरुवा गर्ने निणर्य गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बन्दै गएका हुन् । राजापुर स्वास्थ्य शाखाले आफुसंग समन्वय नगरेर पालिकाले निणर्य गरेको भन्दै आन्दोलन थालेको हो ।       स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेसलाई पछि पार्दै , विजय भई तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु राजेश राजापुर नगरपालिकाको नगर प्रमुखमा आए । निर्वाचित नगर प्रमुख थारुले पदभार सम्हालेको केही दिनमै पार्टीमा आवद्ध शिक्षकहरुले पार्टी छोड्नुपर्ने अथवा शिक्षण पेशा छोड्नु पर्ने भन्दै १ साताको अल्टिमेटम दिएका थिए । नगर प्रमुख थारुको यो कडा निणर्यले शिक्षण क्षेत्रमा मात्रै नभई, पार्टीगत रुपमा पनि निकै नै, खैला बैला मच्चायो । नगर प्रमुख थारुको पहिलो, कडा निणर्य प्रति राजनैतिक खिचातानी गर्ने तथा नेताका आसेपासेहरु सामाजिक सञ्जाल मार्फत चियो चर्चा गर्न थाले । नगर प्रमुख थारुले पालि...

संघियता कसैले हल्लाउन सक्दैन : प्रचण्ड

Image
केशव कोइराला  जेठ,३०-बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कुमार दाहाल प्रचण्डले  देशमा संघीयताको जरा बलियो भएकाले कसैले पनि हल्लाउन नसक्ने बताउनु भयो । बर्दियाको बारबर्दिया ११ बेलभारमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रम पुर्ब पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै  अध्यक्ष दाहालले यस्तो बताउनु भयो ।  ७५३ स्थानीय तहको निर्वाचनले सकारात्मक सन्देश दिएको भन्दै अध्यक्ष दाहालले जनताको जितभएको दाबी गर्नुभयो । संघ र प्रदेशको निर्बाचन मंसिर को पहिलो सातामै हुन्छ अध्यक्ष दाहालले भन्नुभयो तपाइहरु ढुक्क हुनुहोस् ।   स्थानीय तहमा बर्दियामा माओवादी केन्द्र पहिलो पार्टी हुने अपेक्षा थियो कसरी दोस्रो भयौं समिक्षा गर्ने भन्दै अध्यक्ष दाहालले क्षतिपुर्ती सहित संघ र प्रदेशमा जित हासिल गर्ने दाबी गर्नुभयो ।

‘लालकिल्ला’ बर्दियामा तिन ठुला पार्टीकाे याे हालत

Image
  बर्दिया,जेठ ८ / २०७४ स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा बर्दिया जिल्ला ‘लालकिल्ला’ मय भयो । तीन–तीन पालिका माओवादी र एमाले जित्यो भने दुई वटा पालिकामा काँग्रेस सिमित भएको थियो । प्रदेशको चुनावमा माओवादी (दुई), एमाले(दुई) र काँग्रेस (०) भयो । २०७४ मा भएको संघको चुनावमा तत्कालिन एमालेका बरिष्ठ नेता बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय गौतमले संघमा हराएपछि स्थानीय तहमा काँग्रेस पकड बलियो भएको स्थानीय तह निर्वाचनको रिजल्टले पुष्टि गरेको छ । अघिल्लो संघको चुनावमा दुई वटा क्षेत्र माओवादीले जितेको थियो । तर, भर्खर सम्पन्न निर्वाचनमा ८ वटा स्थानीय तहमा काँग्रेसले पाँच वटा स्थानीयतह कब्जा गरेको छ । माओवादीको आधार इलाका बारबर्दिया काँग्रेसका छबिलाल थारुले फराकिलो मतले नगर प्रमुखमा जितेका छन् भने वडामा काँग्रेसको बहुमत छ । गुलरिया नगरपालिकामा मुक्तिनाथ यादवले एमालेका अंमर खड्कालाई १ सय ७८ मतको मतान्तरले नगर प्रमुखमा पछि पारेका छन् । बिगत देखि कम्यूनिष्टको गढ भनेर चिनिने ठाकुरबाबा नगरपालिकामा माओवादीका नेत्र प्रसाद आचार्यलाई पछि पार्...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

Image
  जनता समाचार । काठमाडाै‌ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए । उनका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । यही क्रममा आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र  माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।​ शुक्रबार हुने निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्य...

गुलरिया को भन्सार रोड विकासप्रेमी युवाद्वारा सरसफाई

Image
  जनता समाचार ,गुलरिया । विकास प्रेमी युवा समूहले गुलरिया बजार स्थित भन्सार रोड सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दिया, लाल टाईगर वेकरी एण्ड रिचार्ज कार्ड सेन्टर र मध्यपश्चिम पोलिक्लिनिक एण्ड डाईग्लोष्टिक सेन्टर प्रा.लि. गुलरिया बर्दियाले सहकार्य गरेका छन् । जथाभावी फोहर फाल्न या फोहर गर्न बन्द गरौं सकिन्छ सफा गरौ सकिदैन फोहर नि नगरौं भन्ने मूल नारा लिएर सरसफाई अभियान शुरु गरेको विकास प्रेमी युवा समूह गुलरिया नगर समितिका अध्यक्ष महिमुद सिद्धिकीले बताए । उनले भने हामीले जिल्ला प्रहरी कार्यालय बर्दिया अगाडी रहेको गणेशमान चोकदेखि भन्सार रोडमा सरसफाई गरेका छौं ।

लागु औषध न्युनिकरणका लागि विद्यार्थीलाई सचेतना

Image
जनता समाचार बर्दिया / लागु औषध न्युनिकरण गर्न युवा तथा विद्यार्थीलाई सचेतना गराईएको छ । गुलरिया नगरपालिका–६ को आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय बर्दियाको सहजिकरण र वातावरण संरक्षण साईक्लिङ्ग समुहको आयोजनामा युवाहरुलाई सोमबार लागु औषध न्युनिकरण सम्बन्धि सचेतना गराईएको     हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले लागु औषधको हानीको बारेमा र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लागु औषध सम्बन्धि कानुनी प्रावधानको बारेमा युवाहरुलाई सचेत गराएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शाहीले लागु औषधले मानि...

बर्दियामा पहिलो छुवाछुत मुक्त पालिका बन्यो बढैयाताल

Image
विभेद मुक्त समाज निर्माणमा यूवा अग्रसर   दलबहादुर सुनार जनता समाचार १४ ,चैत / बर्दियाको बढैयाताल गाउँपालिकाले जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरेको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आइतबार एक समारोहमा पालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरेका हुन् । जिल्लाका आठ वटा पालिका मध्ये बढैयाताल गाउँपालिकाले दलितका सवालमा काम गर्ने गैर सरकारी संघ सस्था र दलतिअधिकार कर्मिहरुको समन्वय र सहकार्यमा पालिकालाई जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा गरी पहिलो पालिका बनेको छ । घोषणा सभाका अध्यक्ष समेत रहेका अध्यक्ष श्रेष्ठले ब्यानर बाचन गरी घोषणा गर्दै आजको दिन जातिय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा भएकोले पालिकामा जातिय बिभेद नहुने बताउदै यदि कसैले उलंघन गरेमा कानुन बमोजिम कारवाही गर्ने प्रतिबद्धता गरे । उनले नेपालको संबिधान ऐन कानुन नियममा उल्लेख भएको छुवाछुत बिरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न र गाउँपालिकालाई जातिय विभेद र छवाछुत मुक्त गाउँपालिका बनाउने संकल्प समेत व्यक्त गरे । घोषण...

बदालपुर स्वास्थ्य चौकीलाई कतारको एम्बुलेन्स सहयोग

Image
  जनता समाचार । राजापुर  बर्दियाको राजापुर नगरपालिका वडा नं ५ स्थित रहेको बदालपुर स्वास्थ्य चौकीले अब एम्बुलेन्स सेवा सुचारु गर्ने भएको छ । सो एम्बुलेन्स कतार च्यारिटी एण्ड (एल आई डि ओ) नेपालको सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले प्रदान गरेको जनाइएको छ । आउँदा दिनहरुमा सो क्षेत्रका बिरामीहरूले उपचारका निम्ति एम्बलेन्सको सुविधा लिन पाउने भएका हुन् ।मन्त्रालयले स्वास्थ्य चौकी लाई  ख वर्ग को एम्बुलेन्स प्रदान गरेको हो ।

राजापुर बासीलाई खुशीको खबर । राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित

Image
राजापुरमा जग्गा नाप जोख सुरु,स्थानिय हर्षित  जनता समाचार । राजापुर लामो समय देखि अलमलमा परेको जग्गा नाप जोखको काम अब छिट्टै हुने भएको छ । भुमी सम्बन्धि सम्पुर्ण समस्याहरु निर्मूल पार्न राष्ट्रिय भूमि आयोगले कदम अघि सारेको हो । राष्ट्रिय भुमी आयोग राजापुर बर्दियाले राजापुर नगरपालिका स्थित वडा न.५ झप्टी गाउँबाट जग्गा नाप जोखको कार्य प्रारम्भ गरेको छ। झप्टी गाउँबाट प्रारम्भ नापी कार्यमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु,राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,उप प्रमुख मनकला कुमारी चौधरी,राजापुर नगरपालिका प्रशासन शाखा प्रमुख खड्क ओली ,वडा नं ५ का अध्यक्ष राम बहादुर थारु,समाजसेवी, स्थानीय लगायत सहभागि थिए। जग्गा नाप जाेख को कार्य सुरु भएपछि स्थानीय बासी हरु लाल पुर्जा पाउने आशामा हर्षित भएका छन् ।  तस्बिर : रमेश दहित 

टीकापुरमा दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

Image
  जनता समाचार । टीकापुर कैलालीको टीकापुरमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका इन्चार्ज प्रहरी नायव निरीक्षक विनोदप्रसाद जोशीका अनुसार दुई वटा मोटरसाइकल ठोक्किँदा से ३ प ९७४६ नम्बरको मोटर साइकलमा सवार टीकापुर नगरपालिका २ का अन्जील कार्कीको मृत्यु भएको हो । टीकापुर अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे उनको मृत्यु भएको हो । लु ७४ प नम्बरको मोटर साइकलमा सवार बर्दिया गुलरिया नगरपालिका ४ का विवश चौधरी र राजापुर नगरपालिका १ का प्रजापति चौधरी घाइते भएका छन् । घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको टीकापुर ट्राफिकले जनाएको छ ।दुई मोटरसाइकल टीकापुर नगरपालिका ४ अस्नेहरी स्थित टीकापुर खक्रौला सडक खण्डमा दिउसो १ः३० बजे दुर्घटना भएको थियो । शुक्रबार टीकापुर ट्राफिकले नियम उल्लंघन गरी सवारी साधन चलाउने मध्येका ३५ वटा सवारीसाधन नियन्त्रणमा लिएको समेत इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

बर्दिया उद्योग वाणिज्य संघको निर्वाचन चैत्र ८ गते हुने

Image
जनता समाचार । राजापुर बर्दिया उद्योग बाणिज्य संघको ३१औ बार्षिक  साधारण सभा सम्पन भएको छ । सभाले बिद्यान संसोधन गर्ने ,सदस्यता शुल्क रु २०५ बाट बढायर रु ५०५, लिने, उद्योग बाणिज्य संघको निर्वाचन चैत्र ८ गते गर्ने निर्णय गर्दै खुल्ला तथा बन्दसत्र सम्पन गरेको छ।  कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय  सदस्य चक्र अधिकारीले विशिष्ट अतिथिको आसन बाट बोल्दै संघ व्यापारीको साझा संस्था भएकोले राजनिति नगरी व्यापारीको हक हितमा कामगर्ने जिमेवारी लिएर आउनु पर्ने बताए। उनले भने -" व्यापारीले सबै क्षेत्रमा सहयोग गर्दै आएकाले जिल्लाको पुरानो बर्दिया उद्योग बाणिज्य संघको गरिमा ठुलो रहेकाले सबैले सहयोग गरेर अगाडि  बढाएमा यहाको बिकास हुने छ"।  सभामा राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष रमन कुमार रेग्मी ,नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटीअध्यक्ष तथा वडा नं ८ का वडा अध्यक्ष चिन्तामणि आचार्य,नेकपा एमालेका जिल्ला सदस्य शिवमणि शर्मा,नेपाली कांग्रेस राजापुर नगर उपसभापति तथा वडानं १का अध्यक्ष खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी राज...

राजापुरमा जनयुद्धका शहीद र बेपत्ताका आफन्तलाई अभिनन्दन

Image
जनता समाचार । राजापुर जनयुद्धमा बलिदान दिएका शहीद तथा बेपत्ताका आफन्तलाई बर्दियाको राजापुरमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ।  राजापुर नगरपालिका वडा नं ५ खल्लाजयपुरमा आयोजना गरिएको शहीद सप्ताहको अन्तिम दिन शनिबार अभिनन्दन गरिएको हो। नेकपा माओवादी केन्द्र राजापुर नगर कमिटि अध्यक्ष चिन्तामणि आचार्य को अध्यक्षतामा आयोजना गरिएको सप्ताहमा संविधान सभा सदस्य मान बहादुर थारु ज्युको प्रमुख अतिथि रहनु भएको थियो भने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेश थारु विशिष्ट अतिथि,नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालय सदस्य तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेश कुमार भुल लगायतको उपस्थिति रहेको थियो । (तस्बिर : प्रेम परियारको फेसबुक वालबाट)

राजापुर ८ को ओस्ताजपुरलाई थारु सांस्कृतिक नमूना गाउँ बनाइने

Image
  फाइल फोटो जनता समाचार । राजापुर बर्दियाको राजापुर  नगरपालिका  ८ अाेस्ताजपुर गाउँ  लाई थारु सांस्कृतिक नमुना पर्यटकीय  गाउँ निर्माणका  लागी सर्भे  सुरु भएको छ ।  १० वटा गाउँ टोल मिलेर बनेको वडा नं ८ स्थित ओस्ताजपुर वडा कै मध्य गाउँ भएकाले पर्यटकिय रूप लिन सक्ने वडा अध्यक्ष चिन्तामणि आचार्यले बताउनु भयो। 

दुर्घटनामा मृत थापाको आज अन्त्यष्टी, छोरीले दिइन् दागबत्ती

Image
जनता समाचार । राजापुर  शनिबार चन्द्रपुर नगरपालिका–४ बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका राज कुमार थापाको आज बर्दियाको राजापुर नगरपालिका ७ शंकरपुर स्थित अन्त्यष्टी गरिएको छ ।  स्वर्गिय थापाको पार्थिव शरीरमा १५ वर्षिय छाेरी रोशनी थापाले दागवत्ती दिएकी छन् ।  स्वर्गिय ४७ वर्षिय थापा नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य थिए । थापाको निधन प्रति नेपाली काङ्ग्रेस बर्दियाले गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय सभापती दिपक जङ्ग शाह र नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि तथा वार्ड न. ७ का अध्यक्ष मथुरा प्रसाद चौधरि लगायतले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । शनिबार स्वर्गिय थापा चढेको स्कार्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा राजापुरमा स्कार्पियो रिजर्भ सेवा प्रदान गर्दै आएका राज कुमार थापा ( राजु)को निधन भएको थियो। चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा बा.१६ च ३८१२ नम्बरको स्कारपियोलाई ना.५ ख २३६९ नम्बरको बसले ठक्कर दिँदा थापा सहित दुई जनाको मृत्यु भएको हो । स्वर्गिय थापा स्याङजा घर भई राजापुरमा बस्दै आएका थिए । गम्भीर घाइते भएका १ जनाको चपुर प्रालि ...