Posts

Showing posts from 2020

राजापुरमा छोरी पाउने आमालाई सम्मान गर्दै ५ हजार प्रदान

शक्ति परियार राजापुर २१,साउन/बर्दियाको राजापुर  नगरपालिका ८ नम्बर वडा स्थित छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छाेरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप वडा ले यो रकम प्रदान गर्ने भएको हो । बुधबार वडा ले छाेरी पाउने एक दम्पतीलाई  सम्मान गर्दै वडा अध्यक्ष चिन्तामणि आचार्यले रु ५ हजार रुपैयाँ प्रदान गरे । वडा को पूरैना निवासी सुत्केरी सिता विकलाई अध्यक्ष आचार्यले सम्मान गरेका हुन्।  समाजमा छोरा लाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ कार्यक्रम ल्याइएको अध्यक्ष आचार्यले बताए। छोरी पाउने आमाले शिशु जन्मेको ३५ दिन भित्रमा वडाबाट जन्म दर्ता लिएमा मात्रै यो सुविधा पाउने अध्यक्ष आचार्यले बताए। कोरोना को संक्रमण कालीन समयमा सुत्केरी भएको र घरमा आर्थिक समस्या पनि रहेकाले वडा ले गरेको यो सहयोगले हर्षित भएको सिता विक ले बताइन्। यसै आर्थिक वर्ष देखि ल्याइएको यो कार्यक्रम मा...

गेरुवा मा भैंसीको पाडी वितरण गरियो

गेरुवा १९,असार/ बर्दियाको गेरुवा गाउँपालिका वडा न.. ४ मा १३ जना जोखिम पीडित घर परिरवारलाई भैसीको पाडी वितरण गरिएको छ । गेरुवा गाउँपालिकाले पिडित  परिवारलाई जिविको पार्जनमा सहज र आयआर्जनमा वृद्धिहोस भन्ने उद्देश्यका साथ एक कार्यक्रम गरी पिडितलाई सहयोग गरेको हो । प्रधानमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा गेरुवा गाउँपालिकाले स्थानीयवासीलाई सहयोग गर्दै आएको गााउँपालिकाका अध्यक्ष जमान सिहं केसीले वताउनु भयो । यस्तै गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयहरुलाई खेलकुद ससामग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थरुनीको अध्यक्षतामा मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत फुटवल, भलिवल, क्रिकेट, ज्यावलिङ थ्रो, सेस, लुडो, ब्याडमिन्टन,  लगायतका खेलकुदका सामग्रीहरु वितरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष थरुनीले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको भन्दै खेल खेलेर स्वस्थ हुदै खेलकै माध्यमबाट गेरुवालाई चिनाउन सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा आफ्ना धारण राख्दै विद्यालयले खेल सामग्रीको सदुपयोग गरी खेलको माध्यमबाट...

भौंरा मा सलह किरा देखिँदै

Image
गेरुवा १५,असार/बर्दियाको गेरुवा क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार नेपाल आएको सलह कीरा बर्दियाका खेतवारीमा समेत पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले वताउनु भयो । खेतमा फट्याङ्ग्रा जस्तै देखिने सलह देखिए पछि स्थानीय किसानले मादल र थाल वजाएर किरा भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेका थिए । खेतमा सलह आएको विगतमा पनि सुन्ने गरेको स्थानीय वृद्ध किसान राम वहादुर थारुले वताउनु भयो । पहिला सलह किरा देखिए समात्ने र भुटेरर खाने गरेको आफ्ना वा आमाबाट सुने पनि आफुले किरा नदेखेको किसानको भनाई छ ।  भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताउनु भयो । सलह देखिए पछि कार्यालयबाट प्राबिधिकको टोलि उक्त क्षेत्रमा पठाइएको डा.शाहले जानकारी दिनु भयो । सलह देखिए पछि स्थानिय किसानहरु भोकमरी हुने र  धानको बिउनै मासिने भन्दै चिन्तित बनेका छन् ।

राजापुर लाई दलित महिला उत्थानको सामग्री सहयोग

Image
राजापुर १५,असार/बर्दिया राजापुर नगरपालिकामा रहेका विभिन्न क्वारेन्टाईनलाई व्यवस्थापन गर्न लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले सोमबार विभिन्न सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  संघले संचालन गरेको कोभिड १९ रोकथामका लागि क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत म्याट १ सय ७५ मिटर, डसना १ सय ५० थान, तन्ना (सिंगल बेड)३ सय थान,  सानो पातलो बल्यांकेट १ सय ५० थान, सिरानी(फाईबर) १ सय ५० थान, पंखा (सिलिङ्ग) ८ थान, झुल सानो १ सय ५० थान, डिटोल साबुन १ सय ५० थान, सानो टावेल १ सय ५० थान, टुथ पेस्ट १ सय ५० थान, ब्रस १ सय ५० थान, सेनेटरी प्याड १ सय ५० थान, केएन नाईन्टी फाईव माक्स ५ थान, सेनिटाईजर १० थान, ग्लोब्स ८५ जोडी, पिपिई २ थान र सर्जिकल माक्स १ सय ५० थान राजापुर नगर पालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीलाई हस्तान्तरण गरेको हो ।  कोरोना संक्रमणका कारणले क्वारेन्टाईनहरुमा उत्पन्न विभिन्न समस्याहरुलाई केही कम गर्ने उद्देश्यले यी सामाग्रीहरु प्रदान गरिएको संघका कार्यक्रमका संयोजक विष्णु नेपालीले बताउनु भयो ।...

युनिक नेपालद्वारा सामग्री सहयोग

Image
मीन अधिकारी राजापुर १४,असार/बर्दियाको राजापुर नगरपालिक वडा न २ स्थित श्री नवज्योति प्राथमिक बिधालयलाई युनिक नेपालले १ लाख बराबर को कम्पीयुटर र पिरिन्टर का सामाग्री सहयोग गरेको छ ।   युनिक  सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत  उक्त विद्यालयलाई  डेल कम्पनि को कम्प्युटर सेट  १ थान र क्यानोन कम्पनी को पिरिन्ट सेट १ थान  युनिक नेपाल का संरक्षक एबम पूर्व भुमिसुधार तथा ब्यबस्था  मन्त्री, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले एक कार्यक्रम का विच  हस्तान्तण गर्नु भएको छ। सामाग्री हस्तान्तरण कार्यक्रमा  युनिक नेपालको अध्यक्ष प्रीम बहादुर थारु, महासचिव महादेव   रत्गैया ब्याबस्थापन समितिको अध्यक्ष श्री राम करण थारु  विधालय व्यावस्थापन समितीका  सदस्या लगायतका व्याक्ती  उपस्थीती रहेको  कार्यक्रमा युनिक नेपाल का अध्क्षय प्रिम बहादुर थारूले अहिले को शिक्षा प्रविधि मैत्री  र प्राविधीक  तथा कम्पीयुटर को माध्याम वाट पठन पाठन हुने देखी एकाले राजापुर क्षेत्रका विद्याथीले पनि प्रविधी को प्रयोगगरी अध्...

गेरुवा गाउँ पालिकाका किसानलाई कृषि सामग्री वितरण

Image
गेरूवा १२,असार/ गेरुवा गाउँ पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ्ग सेन्टरका लागि मेसिनरी औजारहरु हस्तान्तरण गरेको छ । गेरुवा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना र सिता कृषक समुह बेलभरिया ६ को त्रिपक्षीय सम्झौता अनुसार ३० लाख २८ हजार ४ सय २९ रुपैयाँ बराबरको कृषि सामाग्री पालिकाका अध्यक्ष जमान सिंह केसीले हस्तान्तरण गर्नुभएको हो । अनुदान प्राप्त १५ लाख,सिता कृषक समुहको १५ लाख २८ हजार ५ सय रुपैयाँको लगानीबाट ट्याक्टर,धान रोप्ने मेसिन,सिटड्रील,बीडर,पावर स्प्रेसर,सिम्पल लेवलर,लेजर ल्यान्ड,लेवलर,रोटा बेटर,कल्टिवेटर,हाइरो,बन्ड मेकर,बीउमल छर्ने झोला मेसिन,ड्रम सिडर र थ्रेसर गरी १÷१ थान हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा गेरुवा गाउँ पालिकाका अध्यक्ष जमान सिंह केसी, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजनाका संचालक समितिका अध्यक्ष अग्नी प्रसाद अर्याल,सुपरजोनका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत डा.तपेन्द्र शाह,संचालक समितिका उपाध्यक्ष पहारी थारु लगायतको उपस्थिती रहेको थियो । राजापुर क्षेत्रमा चैते...

२ वटै मृगौला खराब भएपछि परिवार बिचल्ली

Image
नवलपरासी १०,असार /नवलपरासी  ( बर्दघाट - सुस्ता  पश्चिम )  जिल्लाकाे  बर्दघाट  नगरपालिका - ०१ , माेतिबस्ती  निवासी  जितबहादुर  विक का २ वटै मृगौला मा समस्या देखिएको छ। आर्थिक  अवस्था कमजोर भएका विकले आफ्नो उपचारका लागि विभिन्न  निकाय तथा व्यक्ति संग सहयोगको पहल भइरहेको  सामाजिक  अभियान्ता  निराज  रानाभाटले जानकारी दिनु भयो। आर्थिक  रकम  सहयोग  गर्न  चाहनेले  तल  दिएको  बैंकको  खाता  नम्बर   अाफूले  सकेको  रकम  पठाउन  सक्नुहुन्छ ; बैंकको  नाम : तिनाउ  मिसन  डेभलपमेन्ट  बैंक  लिमिटेड  खातावलाकाे  नाम : अस्मिता  बि.क. बैंकको  खाता  नम्बर : 00600012971N  विस्तृत  जानकारीकाे  लागि  तल  दिएको  मोबाइल  नम्बर  सम्पर्क  गर्नुहोला ; सम्पर्क  नम्बर : ९८२१९४३५३६  अथवा  ९८२१४८९२२९

राजापुर र गेरुवा पालिका लाई प्रदेश सरकारबाट यी कार्यक्रम विनियोजित

Image
राजापुर ०९,असार/" समृद्ध प्रदेश खुसी जनता"को अभियानलाई सार्थक बनाउनका निम्ति प्रदेश नं ५ प्रदेश सभाका माननिय उपसभामुख कृष्णी थारु र प्रदेश सभाका माननिय सदस्य दिपेश थारु ज्युको संयुक्त पहलमा बर्दिया क्षेत्र नं २(२) (राजापुर न.पा र गेरुवा गा. पा) मा आ.ब २०७७/७८ मा कार्यान्वयन हुने गरि प्रदेश सरकार बाट बिनियोजीत गरिएको योजना र रकम सडक तर्फ : १) गेरुवा गा.पा वडा नं ४ मैनापोखर देखि बन्जरीया पशुपतिनगर सडक - ७६ लाख २) राजापुर रिङ्गरोड - ७८ लाख ५० हजार ३) राजापुर भिम्मापुर खैरीचन्दनपुर सडक विभिन्न शिर्षक गरि - १ करोड २४ लाख ५० हजार ४) राजापुर न.पा लालपुर मंगलपुर कालाबन्जार त्रिवेणी जयनगर खल्लाजयपुर पहाडीपुर मुरैया राजापुर सडक - ३५ लाख ५) राजापुर न.पा मानपुर बदालपुर नयाँगाउँ गोला सडक - ५० लाख ४० हजार ६) गेरुवा गा.पा पाताभार गोला पशुपतिनगर मनाउ खैरिचन्दरपुर सडक कालोपत्रे - १२ लाख ७) मानपुर बदालपुर जोतपुर पाताभार सख्रौल सडक - १२ लाख पुल तर्फ : १) राजापुर भिम्मापुर सडकमा बुढिकुलो पुल - ३ करोड २) राजापुर न.पा १० मझरामा झुलुङ्गे पुल - १ करोड ३२ लाख ३) राजापुर भिम्माप...

धोबिनपुर मा नदी कटान बढ्दै

Image
धोबिनपुर ०८,असार/बर्दियाको राजापुर नगर पालिका स्थित ८ नम्बर वडा धोबिनपुर मा नदी कटान बढ्दै गएपछि स्थानीय मर्कामा परेका छन्। बर्सेनि नदी कटान को चपेटामा पर्दै आएको सो क्षेत्रमा सम्बन्धित निकायले कुनै कदम नचालेको स्थानीयको गुनासो रहेको छ। धोबिनपुर स्थित बुढी कुलोले बर्सेनि नदी कटान गर्दै आएको हो। स्थानिय निकायले यस वर्ष कुलो सरसफाई गर्ने तथा तटबन्ध गर्ने भने पनि कुनै काम नभएको स्थानियले गुनासो गरेका छन्।

बर्दियामा एकै दिन ३१ जनामा कोरोना पुष्टि

बर्दिया ३,असार/बर्दियामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको तिन स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३१ जनामा कोरोना संक्रमण देखिएको हो बुधबार संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउपालिकामा २६जना ठाकुरबाबा नगरपालिका का चार जना  राजापुर नगरपालिकाका १   जना  रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । पोजेटिभ देखियका भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु भएपनि येस अघि आरडिटि नेगेटिभ भएकाले वढइयाताल गाउपालिकाका २६ जना मध्य अधिकांस लाइ  घर पठाइएको थियो । संक्रमितहरुको कन्टेक्ट टे्सिङ गरिने प्रमुख गिरिले बताए  । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १सय ४१ पुगेको छ ।

बुढी कुलोमा डुबेर २ बालक बेपत्ता

Image
शक्ति परियार राजापुर १, असार/बर्दियाको राजापुर नगरपालिका वडा नं ७ स्थित शंकरपुर मा खोलामा नुहाउन गएका २ बालक डुबेर बेपत्ता भएका छन । दिउँसो करिब २ बजे नुहाउन गएका ८ वर्षीय बालक भक्त बहादुर विक र  हिमाल विक बेपत्ता भएका हुन।  बेपत्ता भएका २ जना सहित स्थानिय सुनिता विक,पूजा विक र सुमित्रा समेत नुहाउन गएका स्थानियले जनाएका छन। बालक हरु डुबेपछि उनीहरूले होहल्ला गरेपछि नजिकै माछा मार्न गएका विवेक थापा,प्रमोद लोड र वसन्त गोडिया ले ८ वर्षीय भक्त बहादुर विक को ज्यान बचाउन सफल भएका छन भने वर्ष ८ कै हिमाल विकको भने खोजी कार्य जारी रहेको छ। घटना पछि इलाका प्रहरी कार्यालय राजापुर,ससत्र प्रहरी सीमा सुरक्षा पोस्ट राजापुर र सीमा प्रहरी चौकी गोडियानको टोली घटना स्थलमा पुगेको थियो। भेटिएका भक्त बहादुर विक को अवस्था सामान्य रहेको छ। 

आगजनी मा मेरो कुनै हात छैन - महादेव चौधरी

Image
बर्दियाको राजापुर नगरपालिका ६ नं वडाको रहेको न्यू वर्षा सप्लायर्स मा भएको आगजनीमा आफ्नो कुनै हात नभएको र आफ्नो नाम मुछिएको भन्दै वकील महादेव चौधरी ले यस्तो भने - म महादेव चौधरी, मेरो पेशा कानुन ब्यबसाय हो, म बिगत २०/२२ बर्ष देखि यहि पेशामा रहि आएको छु !  हिजो मिति २०७७-०२-२६ गते भएको घटना मा म माथी समेत लागेको आरोपको सम्बन्धमा प्रष्ट पार्न चाहन्छु ! घट्ना २०७७ साल बैशाख ३० गतेको हो ! राती अन्दाजी ८:३० बजेतिर सोम नाथ थारु कोठियाघाट मा रहेको आफ्नो सरिता होटेल लकडाउनको अबस्थामा बन्द रहेतापनि चोरिको डरले साझतिर रेख्देख गरि बन्द गरेर फर्कने क्रममा राजापुर नगरपालिका वार्ड न. ६ मा पर्ने स्वामी चौक देखि लगभग ३०० मिटर पश्चिममा बिपरित दिशा तर्फबाट स्पिडमा आएको हिमाल गौतम ले चलाई आएको भ्यानले ठक्कर दिई ज्यान गएको घटना बाट सङ्ग नै जोडिएको छ ! उक्त घटनाको जाहेरी मैले नै लेखेको हो र अदालतमा पनि सरकारी वकिल, म र बरिस्ठ अधिबक्ता ऋषि राम काफ्ले ज्यु को वकालतनामा लगाई पीडित पक्षको तर्फबाट बकालत गरि आएका छौ ! यहि जेठ को २१ गते बिपक्षी हिमाल गौतमको अदालतमा बयान लिई थुनछेक को बहस भै धरौटी तारेखम...

मानपुरटपरा घटना,यस्तो थियो तथ्य

Image
शक्ति परियार मानपुरटपरा २६,जेष्ठ/ बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गरिएको छ । गत ३० वैशाखमा राजापुर १० मा भएको गाडी दुर्घटनाको विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै स्थानीयले पसलका सामान बाहिर निकालेर जलायर सप्लार्यसमा आगजनी गरेको राजापुर ६ का वडा अध्यक्ष महेश चौधरीले बताए । सम्मानित जिल्ला अदालत बर्दियाले डेलिभरी भ्यानचालक हिमाल गौतम अनुसन्धान गरी १ लाख २० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । दुर्घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको भन्दै आक्रोसित स्थानीयले सोमबार दिउँसो पसलमा आगजनी गरेका थिए । पिडक गौतमका भाई प्रकाश गौतमको घरमा समेत ढुंगामुढा गरि तोडफोड गरेका थिए । प्रकाशले मृतक सोमनाथ थारुका श्रीमति सरिता थारुलाई किरिया खर्च ५० हजार बुझाएको र क्षतिपूर्ति वापतको रकम पछि माग गर्न आए दिने गरी रु ४ लाख ५० हजार मृतकका हकदारले पाउने गरी जिल्ला प्रशासन कार्यालय बर्दियामा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका मुद्दा शाखा प्रमुख विनय केसीले वताउनु भयो । स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी ...

रुकुममा भएको सामुहिक हत्या काण्डको,गेरुवा गाउँपालिकामा सामुहिक विरोध

Image
दोषीलाई हदैसम्म कारवाहीको माग रञ्जना परियार गेरुवा २६,जेष्ठ / ‘मान्छे मान्छे विच हुने जातीय भेदभावको अन्त्य गर,रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदै सम्मको कारवाही गर भन्ने’ मुल नाराका साथ बर्दियाको गेरुवा गाउँपालिका स्थित नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति ,दलित जन जागरण संघ गुप्तीपुर, लोहारपुर, सोनाहाफाँटा, दलित सेवा संघ,अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले रुकुम हत्या काण्ड विरुद्ध संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको छ ।     गत जेठ १० गते शनिबार दिन पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती निवासी सुस्मा मल्ल र भेरी गंगा नगरपालिका ४ रानागाउँ जाजरकोटका नवराज विकको लामो समयको प्रेम सम्बन्ध पछि प्रेमिकाकै सहमतिमा विवाहका लागि साथी सहित केटी लिन गएका ६ यूवाहरुको निर्मम सामुहिक हत्या गरी भेरी नदिमा फालिएको घटनाले विकराल रुप लिईरहेको हो ।     कार्यक्रममा सहभागीहरुले रुकुम घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक राज्यको ठाडै खिल्ली उडाएको भन्दै गेरुवा गाउँपालिकाका अध्...

बर्खाका हल गोरु,बाघलाई चारो

Image
रञ्जना परियार गेरुवा २६,जेष्ठ/ बर्दियाको गेरुवा गाउँपालिका मध्यवर्ति सीमाक्षेत्रमा बाघको त्रास बढ्दै गएको छ । सो क्षेत्रमा वर्षेनी बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरहरुले स्थानीयमा भयभित वातावरण सिर्जना गर्दै आएका छन् । सोमबार गेरुवा गाउँपालिका ४ नं वडा राजीपुरका स्थानीय फुलदेवी चौधरीको १ हल गोरु बाघको चपेटमा परेपछि स्थानीय त्रसित बनेका हुन् । किसानलाई धान लगाउने समय नजिकिई रहेका बेला बाघले गोरु मारी दिएपछि किसान चिन्तित बन्दै गएका छन् ।     मध्यवर्ति सिमा क्षेत्र बासीहरुले निकुञ्जबाट आउने जंगली जनावरहरुबाट बाली नाली नोक्सानी मात्रै नभई ज्यान गुमाउनु पर्ने जोखिम पनि खेप्दै आउनु परेको छ । वन्यजन्तुको नोक्सानीबाट बच्नको लागि आएको करोडौं बजेटमा गरिएको तारबारमा विद्युत संचालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । वर्षेनी जंगली जनावरबाट त्रसित मात्रै हुँदै आईरहेका स्थानीयले सम्बन्धित नीकायबाट सुरक्षाका लागि अपिल गरेका छन् ।     सो क्षेत्रमा जंगली जनावरहरुबाट वर्षेनी मानवीय क्षति हुर्दै आईरहेको भएपनि निकुञ्जले वन्यजन्तुहरुलाई नियन्त्रण गर्न नसक...

बर्दियामा थप १८ जना संक्रमित

Image
बर्दिया २६, जेठ / बर्दियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका चार स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका १८जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा बासगढि नगरपालिकाका ९ जना, मधुवन नगरपालिकाका ४ जना ठाकुरबाबा नगरपालिकाका ३ जना र बारबर्दिया नगरपालिकाका २ रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य फोकल पर्सन कृष्ण गोपाल चौधरिले बताए । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण चौधरिले  बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

बर्दियामा २८ जना कोरोना संक्रमित थपिए

Image
बर्दियामा आज शनिबार एकैदिन २८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ५ स्थानिय तहका बिभिन्न क्वारेन्टिनमा रहेका २८ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा गुलरिया नगरपालिकाका ११ जना,  राजापुर र बासगडी नगरपालिकाका ५/५ जना, मधुवन नगरपालिकाका ४ जना  र बढैयाताल गाँउपालिकाका ३ जना  नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । भेरी अञ्चल अस्पतामा १८ गते पिसिआर् परिक्षणकालागी १ सय ९२ जनाको स्वाव पठाइएकोमा परिक्षण भएका मध्य २८ जनाको नतिजा पोजेटिभ आएको हो ।  बर्दियामा आज थप भएका संक्रमित सँगै बदियामा कुल संक्रमितको संख्या ४१ पुगेको छ । बर्दियामा २ जना कोरोनालाई जितेर घर फर्केका छन् । भारत बाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखा परेको प्रमुख गिरीले जानकारी दिनुभयो ।

राजापुरमा ४० हजार बराबरको सुर्तीजन्य वस्तु पक्राउ

Image

बर्दियामा भिषण आगलागी ८० लाख बराबरको क्षति

Image
गेरुवा १२,जेष्ठ/ बर्दियाको गेरुवा गाउँपालिका ३ नं. वडा शान्तिबजार स्थित विद्युतीय तार सट् भएपछि एक कृषि फर्ममा भिषण आगलागी हुँदा झण्डै ८० लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो भएको आगलागी हुँदा न्यू कालिका कृषि उपज फर्ममा संकलन गरि राखेका १ सय २८ बाख्रा जलेर मरेका छन् ।  २०७६ सालमा संचालनमा आएको सो फर्ममा आगलागी हुँदा करिब ८० लाख मुल्य बराबरको क्षती भएको संचालक विजय चलाउनेले बताउनुभयो । त्यस्तै फर्म भित्र रहेको दाना,करिब १५ लाख, मुल्यको खोर र औषधी जलेको चलाउनेले भन्नुभयो । ईलाका प्रहरी कार्यालय शान्तिबजारका प्रहरी उपरिक्षक योगेन्द्र खड्का सहित स्थानीयवासीको ३ घण्टा लामो प्रयास पछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

प्रहरीको दादागिरी

Image
बर्दियामा औषधी लिन गएका स्वास्थ्यकर्मिलाई गालीगलौच राजापुर १०,जेष्ठ / बर्दियाको राजापुर नगरपालिकालाई जोड्ने कोठियाघाट पूल नाकामा खटिएका एक प्रहरीले स्वास्थ्यकर्मिलाई गाली गलौच गरेका छन् । जिल्लाको राजापुर नगरपालिका वडा नं. ८ स्थित काफ्ले फार्मेसी एण्ड डिआर क्लिनिकका संचालक देबेन्द्र काफ्लेलाई बिहीबार बिहान गुलरियाबाट औषधी लिएर फर्कने क्रममा ड्युटीमा रहेका प्रहरीले गाली गलौच गरेका हुन् । गुलरियाबाट कोठियाघाट नाकामा बिहीबार बिहान ८ः४० बजे फर्कने क्रममा कोठियाघाट सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान बिष्णु सुनारले गाली गलौच गर्दै औषधी ल्याएर फर्कदैं गरेका स्वास्थ्यकर्मि काफ्लेलाई १२ बजेसम्म रोकेका थिए । प्रहरीले आफु माथी गरेको दुव्र्यवहार प्रति स्वास्थ्यकर्मि काफ्लेले चर्काे विरोध गर्दै कार्वाहीको अपिल गर्नु भएको छ । 

राजापुरमा कोरोना संक्रमित बालिका संगै सम्पर्कमा रहेका कैलालीका सबैजनाको कोरोना परिक्षन गरिने

Image
ब र्दियाको राजापुर स्थित ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ समेत शिल गरिएको छ। चैत्र ५ गते हजुरआमासँग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए। - समाचार श्रोत  ‘स्वाव संकलनको लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको टोली त्यसतर्फ गएको छ’, प्रवक्ता शर्माले भने, ‘अहिले सो क्षेत्रलाई सिल गरेर बसैलाई घर भित्र बस्न लगाएका छौँ।’ नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलनका लागि टोली खटाइएको बताए। सोमबार कोरोना संक्रमण देखिएकी ती बालिका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिएन। उनी १६ गते बर्दिया राजापुर फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो। -समाचार स्रोत 

#Janata Express Online TV # Shakti Pariyar#बर्दियामा लकडाउन फितलो#shakti...

Image

बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ नं.वडा का वडा सदस्य घाइते

Image
बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका वडा नं. ४ का वडा सदस्य मायाँराम खनाल गम्भीर घाइते भएका छन् ।  तिनघरुवा निवासी ६७ वर्षीय खनाल बिहीबार डोंगपुर सामुदायिक वनमा भैंसी चराउन गएका थिए ।  दिउँसो साढे ३ बजे गेरुवा (कर्णाली) नदीमा पानी खुवाउने क्रममा बाघले उनलाई आक्रमण गरेको हो ।    स्थानीय सामुदायिक वन नजिकै रहेको नदीमा पानी खुवाउने क्रममा एक्कासी बाघले खनाललाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । बाघको आक्रमणबाट उनको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको छ । सामुदायिक वन क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण  बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई उपचारका लागि  कोहलपुर मेडिकल कलेज लगिएको निकुञ्जले जनाएको छ ।

राजापुर क्षेत्रबासीलाई सचेत रहन नगरप्रमुखको आग्रह

Image
राजापुर २२,बैशाख / विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाईरसको संक्रमण रोकथामका लागि जारी लकडाउन अँझै लम्बिन सक्ने भएकाले सबै जना सचेत रहन राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीले आग्रह गर्नु भएको छ । छिमेकी जिल्ला कैलाली र बाँकेमा यसको संक्रमण बढ्दै गएपछि बर्दिया जिल्ला सहित राजापुर क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजापुरमा बन्दाबन्दीको विषयमा समिक्षा गरियो

Image
राजापुर २२,बैशाख / बर्दियाको राजापुर स्थित राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा संकट व्यवस्थापन समितिले हालसम्मको लकडाउन र बन्दाबन्दीको विषयमा समिक्षा गरेको छ । समिक्षामा सहभागीहरुले पालिकास्तरिय बैठकको निर्णय र जिल्ला विपत् व्यवस्थापन समिति बर्दियाको निर्णय अनुसार नै कार्यान्वयन गराउने निर्णय गरेको छ । समिक्षामा  अध्यक्ष, नगर प्रमुख शिवप्रसाद चौधरी, राजापुर नगरपालिका,सदस्य, प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव बसन्तराज अधिकारी, राजापुर नगरपालिका , ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घले,सशस्त्र प्रहरी निरीक्षक किशोर डाँगी, राष्ट्रिय अनुसन्धान आयोग राजापुरका वरिष्ठ अनुसन्धान सहायक अर्जुन सुनार, राजापुर नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्य संयोजक गणेश प्रसाद अर्याल, नगर उपप्रमुख मनकला कुमारी चौधरी, राजापुर नगरपालिका लेखा अधिकृत श्री वसन्त मल्ल, ईलाका प्रशासन कार्यालय राजापुर, शाखा अधिकृत सुनिल दत्त, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

राजापुरका पत्रकारलाई टेलिफोन खर्च वितरण

Image
राजापुर बर्दियाको राजापुर स्थित रहेको रिनेसाँ बोर्डिङ्ग स्कुलका प्राधानाध्यापक विष्णुमणि उपाध्यायले राजापुर क्षेत्रका सञ्चारकर्मिहरुलाई १२ हजार नगद आर्थिक सहयोग गरेका छन् । कोरोना संक्रमणका बेला सरकारले जारी गरेको लकडाउनको विपत समयमा पनि समाचार संकलनका लागि फिल्डमा खटिई कार्य गरिरहेका ८ जना पत्रकारलाई उपाध्यायले टेलिफोन खर्च स्वरुप यो सहयोग गरेका हुन् । उपाध्यायले राजापुर क्षेत्र र अन्यत्र कार्यरत सञ्चारकर्मिहरुका लागि राजापुर स्थित रहेको रेडियो साथी एफएमको कार्यालयमा पुगी सो रकम हस्तान्तरण गरेका हुन् ।

बदालपुरमा अन्यत्रबाट आएकाहरुको व्यवस्थापनका लागि विशेष कदम चालिदैं

Image
राजापुर / बर्दियाको राजापुर नगरपालिका ५ नं. वडाले अन्यत्रबाट आएका वडावासीहरुलाई व्यवस्थापनमा विशेष कदम चालेको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भएको छ । कामको शिलशिलामा यस क्षेत्रबाट काठमाडौं,बुटवल,सुर्खेत,पाल्पा ,स्याङ्गजा लगायतका विभिन्न स्थानहरुमा गएकाहरु कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण फर्कने क्रम बढ्दै गएपछि वडाले उनिहरुको व्यवस्थापनमा विशेष कदम चालेको वडाअध्यक्ष चौधरीले बताउनु भयो ।

नेपालमा संक्रमितको संख्या ४० पुग्यो

Image
उदयपुरमा स्वाब परीक्षणबाट कोरोना भाइरसको संक्रमण आशंका गरिएका थप ८ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय स्रोतले यसको पुष्टि गरेको हो। विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परीक्षण गरिएको थियो। यसअघि मंगलबार नै उदयपुरकै एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै उदयपुरको भुल्के क्षेत्रमा मात्र कोरोना भाइरसको संक्रमण भएकाहरुको संख्या २२ पुगेको छ।उदयपुरका २२ जना समेत अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ। तीमध्ये ४ जना उपचारबाट ठीक भई फर्किसकेका छन्।गत शुक्रबार उदयपुरमा एकैपटक १२ जनामा कोभिड १९ को संक्रमण देखिएपछि प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालाको टोली स्वाब परीक्षणका लागि भुल्के क्षेत्र पुगेको थियो। उदयपुरबाट २ सय ९७ जनाको स्वाब संकलन गरिएको बताइएको छ। यसमध्ये ६९ जनाको स्वाब परिक्षण विराटनगरस्थित कोशी अस्पतालमा भइ...

ज्वरोको विरामीलाई जिल्ला अस्पतालले जाँच गरेन

Image
राजापुर २८,चैत्र / जिल्ला अस्पताल बर्दियाले राजापुरबाट उपचारका लागि गुलरिया गएका ज्वरोका विरामीलाई जाँच नगरेको समाचार प्राप्त भएको छ ।         राजापुर नगरपालिका वडा नं.७ निवासी वर्ष २८ का रतन थापालाई केही दिन देखि ज्वरो तथा पेट दुख्ने समस्याले सताएपछि राजापुर स्थित स्वास्थ्यकर्मिहरुले आज बेलुका जिल्ला अस्पताल गुलरिया पठाएका  थिए । राजापुर देखि ५ बजे पठाइएका थापालाई ९ बजिसक्दा पनि कुनै किसिमको जाँच नगरिएको स्रोतले बताएको छ । २४ दिन अगाडी भारतको गडवालबाट आएका थापालाई हिजो मात्रै राजापुर क्वारेनटाईनमा खटेका स्वास्थ्यकर्मिहरुले चेकजाँच गर्दा सामान्य देखिएकोमा आज एक्कासी ज्वरो बढेपछि जिल्ला पठाइएको क्वारेनटाईन इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।

Corona#Update# Rajapur#Bardiya

Image

राजापुरका सञ्चारकर्मिलाई अन्तराष्टिय खेलाडी अनिल चौधरीले एन ९५ मास्क प्रदान गरे

Image
राजापुर २६,चैत्र / बर्दियाको राजापुर नगरपालीका ५ जयपुर स्थित संचालनमा रहेको अल्पाईन एकेडेमी स्कूलका संचालक तथा नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते खेलाडी अनिल चौधरीले आज. राजापुर नगरपालिका क्षेत्रमा संचालित साथी एफ एम, कोठियाघाट राष्टिय साप्ताहिक, जनता एक्सप्रेस दैनिक, र गेरुवा गाउ पालिकाका श्रेत्रमा संचालित गेरुवा कर्णाली पोष्ट दैनिक पत्रिकालाई १ १ थान एन ९५ माक्स प्रदान गर्नुभएको छ । टेलिफोनबाट कुरा गदै संचालक चौधरीले अब आफ्नो विद्यालयमा अध्ययनरत बिद्याथी, पत्रकार र एम्बुलेन्स चालकहरुका लागी माक्स, सेनीटाईजर, पन्जा बितरण गर्न काठमाण्डौमा सामानहरु खरीद गरी सकेको बताउदै छिट्टै पठाउने व्यवस्था मिलाई रहेको बताउनु भयो । त्यस्तै यस विपद समयमा आफु र आफना सहकर्मि सा। थीहरु मार्फत आफुहरुले यस्ता किसिमका सहयोगहरु गरिरहेको वहाँले बताउनु भयो । लकडाउनका कारण भएको यातायात बन्दको समस्याले आफुले चाहेर पनि खरिद गरेका सामाग्रीहरु राजापुरसम्म पुर्याउन नसकेको वहाँले भन्नुभयो ।  यस बिपत समयमा सचारकर्मीलाई ध्यानमा राखी संहयोग गरेकोमा सञ्चारकर्मिहरुमा नयाँ उत्साह सिर्जना भएको छ । 

Corona#Ghumti Sibir#Dhobinpur 8

Image

को बन्ला राष्ट्र बैंकको गभर्नर ?

Image
२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद पद खाली भएको १९ दिनपछि सोमबार  नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । राष्ट्र बैंक ५ चैतदेखि कायमु कायमका भरमा छ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले डेपुटी गभर्नर सिवाकोटीलाई कामु दिएर बसेको थियो । सोमबारको सिफारिसपछि भने अब राष्ट्र बैंकले नेतृत्व पाउने पक्का भएको छ । अर्थमन्त्रालय श्रोतअनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्ति गर्नेछ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा राष्ट्र बैंकको गभर्नरका लागि आकांक्षीहरुको ताति नै थियो । आधा दर्जन बढी आकांक्षीहरु मध्येबाटै समितिले ३ ज...

एसईई र कक्षा १२ को परीक्षा वैशाख ८ गतेबाट हुन सक्ने

Image
  जनता समाचार/ राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ। ‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले  भने, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ।’ यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्। त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन्। ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्र...

गेरुवा गाउँपालिकाले कोरोनाका लागि ३० लाख बजेट विनियोजन गर्यो

गेरुवा- कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गेरुवा गाउँपालिकाले ३० लाख रकम विनियोजन गरेको    छ । गाउँपालिकाले अति प्रभावित, विपन्न, निम्न वर्गिय तथा आश्रित परिवारको लागि ३० लाख रकम विनियोजन गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस जोखिम रोकथामको लागि गेरुवा गाउँपालिका रातदिन खटिरहेको व्यवहोरा अवगत गराउँदै गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारको लागि उक्त रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । कोेरोना भाइरसको सक्रमणलाई फैलिन नदिई यसको रोकथाम गर्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा सम्पुर्ण गेरुवावासीहरुले उक्त लकडाउनको पुर्णरुपमा पालना गरि एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्दै आएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले जानकारी दिए । यसैक्रममा लकडाउनको यो समयमा गेरुवा गाउँपालिकामा बसोबास गर्ने अति प्रभावित अति विपन्न निम्न वर्गिय तथा आश्रित परिवारलाई गेरुवागाउँपालिकाले ३० लाख रकम विनियोजना गरि राहत वितरणको कार्य तत्काल गाउँपालिकाले गर्ने अध्यक्ष केसीले जानकारी दिए । यस्तै गाउँपालिकाले लकडाउनको मौ...

राहत स्वरुप अण्डा हस्तान्तरण

Image
राजापुर २०,चैत्र / विश्वभर महामारीको रुप लिई रहेको नोवेल कोरोना भाईरसको संक्रमण रोकथामका लागि जारी लकडाउनबाट प्रभावित तथा श्रमजिवी मजदुरहरुलाई राहत स्वरुप नेपाली काँग्रेस राजापुर नगरका उप सभापति तथा प्रदर्शनी आधुनिक कृषि फर्मका प्रोप्राइटर धनिराम गिरीले राहत स्वरुप कुखुराका अण्डा प्रदान गर्नुभएको छ । राजापुर क्षेत्रका क्वारेनटाईनमा रहेकाहरुलाई लक्षित गरि यो विपद समयमा राहत स्वरुप राजापुर नगरपालिका वार्ड नं.५ भौंरा निवासी गिरीले ६ सय ३० वटा कुखुराका अण्डा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।

राजापुर क्वारेनटाईनमा १२ जना

Image
राजापुर २०,चैत्र बर्दियाको राजापुर क्वारेनटाईनमा बाहिरबाट आउने नागरिकहरुको क्रम बढ्दै गएको छ । क्वारेनटाईनमा यो समाचार तयार पार्दासम्म ९ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिसकेको ईन्चार्ज दिपक शर्माले जानकारी दिनु भयो ।     भारतबाट आएका ३ जनार उनिहरुको सम्पर्कमा रहेका ९ जना गरी १२ जनालाई क्वारेनटाईनमा राखिएको शर्माले जानकारी दिनु भयो । विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको संक्रमण रोक्न राजापुर स्वास्थ्य शाखाले राजापुर क्षेत्रका विभिन्न स्थानहरुमा चेकजाँच तिब्र पारेको शाखाका प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो ।

राजापुरमा भाइरस कोरिन औषधी छरियो

शक्ति परियार १५,चैत्र/बर्दियाको राजापुर बजारका विभिन्न सार्वजनिक स्थल तथा मानिसहरुको भिडभाड हुने कार्यालयहरुमा भाईरस क्लोरिन पाउडर र सोडियम औषधी छरिएको छ । बजारको मुख्य चौक बजार परिसर,नगरपालिका कार्यालय,प्राथमिक स्वास्थ्य केन्द्र,ईलाका प्रशासन कार्यालय,ईलाका प्रहरी,सशस्त्र प्रहरी बल,भन्सार,राजापुर क्वारेन्टाईन,अमर शहिद बहुमुखी क्याम्पस लगायतका स्थानहरुमा औषधी छरिएको हो ।     राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले बजारको प्रमुख चौकमा औषधी छर्नु भएको हो । राजापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको संयोजकत्वमा सुरु गरिएको औषधी छर्ने कार्यमा उप प्रमुख मनकला कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल , ईलाका प्रहरी कार्यालयका डिएसपी,ईलाका प्रशासन कार्यालय प्रमुख सुनिल दत्त,सशस्त्र प्रहरी बल सिमा पोष्ट राजापुरका प्रहरी निरिक्षक किशोर डाँगी, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी,राजापुर वडा नं.४ का अध्यक्ष रमन कुमार रेग्मी,१ नं. वडा अध्यक्ष ख...

राजापुर र गेरुवाका लागि ५० हजार मास्क आउँदै

Image
जनता समाचार १७,चैत्र / प्रदेश नं. ५ का साँसद दिपेश थारुले राजापुर र गेरुवा क्वारेन्टाइनका लागि मास्क तथा पन्जा हस्तान्तरण गर्नु भएको छ । क्वारेन्टाईनमा आउने नागरिक,स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुलाई मास्क र पन्जा अतिआवश्यक भएकाले तत्कालका लागि १ हजार थान मास्क र १ सय थान पन्जा हस्तान्तरण गरिएको साँसद थारुले बताउनु भयो ।     विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको होम लकडाउन को समयमा विभिन्न थप सहयोगहरु गर्ने उहाँले भन्नुभयो । बुधबार थप २० हजार मास्क राजापुर र गेरुवाका लागि मगाइएको साँसद थारुले जनता समाचारलाई बताउनु भएको छ ।

राजापुर क्वारेन्टाईनमा बाहिरबाट आउने बढ्दै

Image
शक्ति परियार १७,चैत्र/बर्दियाको राजापुरमा जिल्ला तथा छिमेकी मुलक भारतबाट आउनेहरु बढ्दै गएका छन् । सरकारले जारी गरेको होम लकडाउनको अवधी ७ दिन थप गरिएपछि जिल्ला भन्दा बाहिरबाट आउनेहरुको संख्या बढ्दै गएको हो । राजापुर क्षेत्रबाट काठमाडौं,पोखरा,स्याङ्गजा,बुटवल,नेपालगंज,सुर्खेत,नवलपरासी लगायतका स्थानमा काम गर्न गएकाहरु लकडाउनको अवधी थप गरिएपछि खाई नखाई गरी घर फर्किने क्रम बढेको छ ।     विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको उच्च सतर्कता अपनाउँदै व्यापारी तथा स्थानीयले अन्यत्रबाट आउनेहरुदेखि टाढा बस्न थालेपछि यात्रुहरुलाई निकै नै सास्ती खेप्नु परेको छ ।     राजापुर क्षेत्रमा अन्यत्रबाट आएकाहरुलाई राजापुर नगरपालिका स्थित क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो । सोमबार लकडाउनको सातौं दिन मात्रै २ सय ५० भन्दा बढिको संख्यामा नागरिकहरु राजापुर क्षेत्रमा प्रवेश गरेका छन् । लकडाउन भइरहेका बेला अन्यत्र कामका लागि गएका राजापुर क्षेत्रका बासीहरुलाई घरसम्म पु¥याउने व्यवस्था गरिएको प्रदेश नं.५ का साँ...

राजापुरमा २० शैयाको क्वारेन्टाईन स्थापना गरिदैं

Image
जनता समाचार १३,चैत्र/ राजापुर नगरपालिकाले स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दै राजापुरमा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,इलाका प्रशासन कार्यलय राजापुरका प्रमुख शुनिल दत्त, राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त राज अधिकारी स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, ईलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी बलका प्रमुखहरुको संयुक्त आपतकालीन बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । अमरशहिद बहुमुखी क्याम्पसको भवनमा , २० शैयाको क्वारेन्टाइन बनाउन सुरु गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो । यस अघि यहाँको प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालीका स्थीत आपतकालीन भवनमा आइसुलेसन कक्ष निमार्ण कार्य सुरु भैसकको  स्वास्थ्य अधिकृत गणेश अर्याल ले बताउनु भएको छ ।